‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाको माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
कांग्रेसको बुद्धिजीवी विभागले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा महामन्त्री थापाले मन्त्री गुप्ताले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए ।
‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यू तपाईँले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’
थापाले घटनाको छानबिन हुनुपर्ने बताए । अनुसन्धान गर्दै गर्दा कहीँकतै कोही दोषी देखिन्छ भने उसलाई कारबाही हुनुपर्ने थापाको भनाइ थियो ।
मन्त्री गुप्ताको २५ लाख घूस मागेको अडियो सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण