एलिना र समीक्षापछि गायक ढकालले पनि गरे अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक
काठमाडौँ । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जाल मार्फत अभद्र र अपमानजनक विभिन्न टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका हुन् ।
‘आज म कलाकार भएर ताली र गाली दुवै पचाउँदै आउने क्रममा भएको अत्याचारको पराकाष्ठाको केही नमुना सार्वजनिक गर्दैछु,उनले लेखेका छन्, अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईँहरू जस्ता अपराधीलाई कठघरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो ।
उनले आफूले सार्वजनिक गरेका केही आइडीहरू प्रहरीको कारबाहीको दायरमा र केही खोजीमा रहेको समेत बताएका छन् । यसअघि गायिका एलिना चाैहान र समीक्षा अधिकारीले पनि अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण