गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले दिए सामूहिक राजीनामा
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् ।
मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३१ वटै विद्यालयका प्रधानाध्यापकहरूले एकै पटक राजीनामा बुझाएका हुन् । साउन १ गतेदेखि लागु हुने गरी राजीनामा दिइएको उनीहरूको राजीनामा पत्रमा उल्लेख छ ।
आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अति आवश्यक रकमहरू निकासा नगर्दा विद्यालय सञ्चालन गर्न सकस भएको उनीहरूले बताएका छन् । जसका कारण बाध्य भएपछि राजीनामा दिनुपरेको एक प्रधानाध्यापकले जानकारी दिए ।
दिवा खाजा, पाठ्यपुस्तक, नन स्यालरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकमसमेत अति न्यून निकासा भएको र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिनुपरेको सामूहिक राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
उनीहरूले नगरपालिकाको प्रधानाध्यापकहरूको बैठकमा भएका निर्णयहरू पनि राजीनामासँगै बुझाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण