शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित

शुक्रबार, १२ असार २०८३, ०८ : १७
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा मधेश प्रदेशबाट सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित भएका छन्।
  • सुस्मा बस्नेतले सर्वाधिक १ हजार ४४१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
  • सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अंकित कुमार यादव पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा मधेश प्रदेशबाट सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मधेश प्रदेशतर्फ सुस्मा बस्नेतले सर्वाधिक १ हजार ४४१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि सुनिता कुमारी चौधरीले १ हजार ३०७ मत प्राप्त गरेकी छन्।

यसैगरी नमिता यादव १ हजार १५७, मञ्जु सिंह १ हजार १३ र अंकित कुमार यादव ९६७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप