अर्थ मन्त्रालयको मार्गदर्शन : मल–बीउको बजेट अन्यत्र सार्न रोक
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न विस्तृत मार्गदर्शन जारी गरेको छ ।
कृषि क्षेत्रको बजेट खर्चमा वित्तीय अनुशासन कायम गर्न र विकास आयोजनाहरूलाई समयमै सम्पन्न गराउन कडा प्रावधानहरू मार्गदर्शनले अघि सारेको छ ।
मार्गदर्शनको बुँदा नम्बर ४५ अनुसार, अबदेखि पाँच करोड रुपैयाँभन्दा माथिका सिँचाइ, नहर, र बाँधजस्ता ठुला आयोजनाहरूको निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मा निर्माण व्यवसायी आफैँले लिनुपर्नेछ ।
मार्गदर्शनले कृषि क्षेत्रका लागि विनियोजित बजेटको खर्च शीर्षकहरूमा हुने रकमान्तरलाई नियन्त्रण गर्न निर्देशन दिएको छ । विशेष गरी कृषकलाई प्रत्यक्ष लाभ पुग्ने ‘उत्पादन सामग्री/सेवा खर्च’ र ‘पशुपन्छीहरूको आहार’ जस्ता शीर्षकमा विनियोजित रकम अन्य काममा रकमान्तर गर्न थप कडाइ गरिएको छ ।
सशर्त अनुदानअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने कृषि कार्यक्रमको बजेट पनि सोही कार्यक्रममा मात्र खर्च गर्नुपर्ने र त्यसको स्पष्ट कार्य योजना पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण