बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डको पिएसओ फेरिए

बिहीबार, ०१ साउन २०८२, २० : २६
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा डीएसपी दिपक सुवेदीलाई खटाएको छ  ।

सुवेदी नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कार्यरत थिए । यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई सरुवा गरिएको छ । उनलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए ।

न्यौपाने ३ वर्षपछि सरुवा भएका हुन् । उनलाई प्रधान कार्यालयले २०७९ साउनमा प्रचण्डको पिएसओको रूपमा पठाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप