सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

बिहीबार, ०१ साउन २०८२, २१ : ४४
बिहीबार, ०१ साउन २०८२

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ ।

सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरू बढेका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी गरी कूल सात लाख पाँच हजार ७७९ पर्यटक आएका छन् । 

जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ५५ दशमलव तीन प्रतिशत अर्थात दुई लाख ५१ हजार ४५३ ले बढी हो । आव २०८०/८१ मा मुस्ताङमा कूल चार लाख ५४ हजार ३२६ पर्यटक आएका थिए । 

आव २०८१/८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् । 

यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको जानकार बताउँछन् । 

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्त्वपूर्ण धार्मिक पर्यटक गन्तव्यका रूपमा अंग्रपंक्तिमा पर्दछन् । 

मुस्ताङका ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया पर्यटकीय गन्तव्यमा पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप