गाजाको देइर अल बलाहमा इजरायली सेनाले गर्यो स्थल र हवाई आक्रमण
काठमाडौँ । इजरायलले मध्य गाजाको देइर अल–बलाहमा स्थल र हवाई आक्रमण सुरु गरेको छ ।
यसअघि इजरायली सेनाले देइर अल–बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यो ठाउँ छोड्न आदेश दिएको थियो । दक्षिणी गाजाको रफाह र खान युनिसका हजारौँ विस्थापित मानिसहरूले यस क्षेत्रमा शरण लिएका छन् ।
स्थानीय पत्रकारहरूले बीबीसीलाई बताएअनुसार इजरायली ट्याङ्क र अन्य सैन्य सवारी साधनहरू किसुफिम चेकपोइन्ट हुँदै शहरमा प्रवेश गरेका थिए । आइतबार, इजरायल रक्षा बल (आईडीएफ)ले देइर अल–बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै खाली गर्न र अल–मवासीतिर सर्न आग्रह गरेको थियो ।
यसपछि, हजारौँ मानिसहरू रातभर शहर छोडेर अल(मावासीको तटीय क्षेत्रतिर लागे । इजरायली सेनाद्वारा आफ्नो शहर खाली गराउनु नयाँ करिडोर सिर्जना गर्ने प्रयासको एक हिस्सा हुन सक्ने स्थानीयहरूमाझ आशङ्का बढ्दै गएको छ ।
बीबीसीले यस विषयमा इजरायली सेनाबाट पनि टिप्पणी मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण