पार्टीले विद्यालाई रोकेपछि थापाले भने– स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ
बुधबार, ०७ साउन २०८२, ११ : ३१
सारांश
- कर्ण थापाले एमाले नेता कार्यकर्ताहरूलाई स्वाभिमान र स्वतन्त्रताको लडाइँ लड्न अपिल गरेका छन्।
- एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेपछि थापाले यस्तो बताएका हुन्।
- थापाले घृणा, अपमान र निषेधको अन्त्य तथा जबजका मूल्य र मान्यता स्थापित गर्न आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाइँ लड्न एमाले नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेपछि विद्या निकट मानिएका थापाले यस्तो बताएका हुन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ ।’ एमालेभित्रको अन्यायविरुद्ध विवेकशील एमाले कार्यकर्ता उठ्नुपर्ने थापाको अपिल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण