शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जीवन र सनिशाको ‘शिरीषको फूल’को मञ्चन सुरु

शुक्रबार, ०९ साउन २०८२, १४ : ५५
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’मा आधारित नाटक ‘शिरीषको फूल’ मञ्चन सुरु भएको भएको छ । कान्तिपुर थियटरमा बिहीबारबाट सुरु भएको नाटक साउन २७ गतेसम्म चल्नेछ । 

नाटकमा अभिनेता जीवन लुइँटेल, अभिनेत्री सनिशा भट्टराई र राज न्यौपाने कलाकारको रूपमा रहेका छन् । जीवनले सुयोगवीर, सनिशाले ‘सकम्बरी’ र राजले ‘शिवराज’ नामक पात्रको भूमिकामा छन् । 

नाटकको नाट्य लेखन तथा निर्देशक पत्रिका घिमिरे हुन् । नाटक प्रत्येक दिन बेलुकी ५ः३० मा नाटक मञ्चन हुनेछ । यस नाटक मार्फत अभिनेता लुइँटेलले लामो समयपछि अभिनयमा कमब्याक गरेका हुन् । दुई फिल्म अभिनय गरेकी अभिनेत्री भट्टराईले पनि यसै नाटक मार्फत थियटर डेब्यु गरेकी हुन् ।

कान्तिपुरले यस अघि अभिनेत्री रेखा थापालाई थियटरमा डेब्यु गराउँदै ‘मीरा’ नाटक मञ्चन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप