पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु
सारांश
- पेरुको जुनिनमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ, जसमा २४ जना घाइते भएका छन्।
- एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनलको बस तार्मा प्रान्तको राजमार्गबाट खसेको थियो।
- प्रहरी, दमकलकर्मी र स्वास्थ्यकर्मीले घटनास्थलमा पुगेर उद्धार गरेका थिए, दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
लिमा । पेरुको मध्य क्षेत्रको जुनिनमा भएको बस दुर्घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् भने अन्य २४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यम ला रिपब्लिकाले जानकारी दिएको छ ।
एक्सप्रेसो मोलीना लिडर इन्टरनेशनल नामक यातायात कम्पनीको दुई तल्ले बस तार्मा प्रान्तको ताल्का जिल्लाको नजिकैको केन्द्रीय राजमार्गबाट खसेपछि उक्त दुर्घटना भएको बताइएको छ ।
घटनापछि उद्धारका लागि राष्ट्रिय प्रहरी, दमकलकर्मी तथा स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु बसको संरचनामा च्यापिएका थिए, जसलाई सावधानीपूर्वक उद्धार गरी फेलिक्स मायोर्का अस्पताल तार्मा लगिएको छ ।
प्रहरी प्रशासनले घटनास्थल सुरक्षित गर्दै उद्धार कार्य सहज रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पुर्याएको थियो । दुर्घटनाको कारणबारे हाल अनुसन्धान जारी रहेको जनाइएको छ । प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण