फोटोफिचर
झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू)
शनिबार, १० साउन २०८२, १५ : ५९
सारांश
- शनिबार काठमाडौंको टोखा नगरपालिका-२ झोरमा झरना हेर्न र नुहाउन मानिसहरूको घुइँचो लागेको थियो।
- गर्मी बढेसँगै पानीमा रमाउनका लागि सर्वसाधारण झोर आउने गरेका छन्।
- झोर प्राकृतिक सम्पदाले भरिपूर्ण छ र यहाँ कृष्ण बरुणेश्वर महादेवको मन्दिर पनि छ।
काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका–२ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिसहरुको घुइँचो लागेको थियो । राजधानी लगायत नेपालभर तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाइलो गर्नको लागि सर्वसाधारण झोर आउने गरेका छन् ।
शनिबार छुट्टीको दिन सहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।
झोर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफाभित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_N3qyNBpYSH.jpg)
_klFSbx91n5.jpg)
_lExZPQIMpB.jpg)
_SWkNY4MZ5Q.jpg)
_siyL1aLzjy.jpg)
_1ILRd5dOzR.jpg)
_nGbOh8Kzi5.jpg)
_giKMj4615Q.jpg)
_t4MhSdfsJL.jpg)
_ruOfSWQUJF.jpg)
_Hp8puH81ro.jpg)
_lCguxl7NH2.jpg)
_cY1o2sxd8x.jpg)
_ymTDNNZ9mp.jpg)
_6t42nDmCE1.jpg)
_16HgtLnqca.jpg)
_Uso0Lb0eJr.jpg)
_TA0r7acKYl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण