अष्ट्रेलियाका दुई सहरमा प्रिमियर हुँदै चलचित्र ‘पीआर’
काठमाडौँ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेड कार्पेट प्रिमियर अष्ट्रेलियाका दुई सहरमा गरिने भएको छ । निर्माण युनिटले अष्ट्रेलियामा आगामी अगस्ट ९ र १२ मा प्रिमियर हुने जानकारी दिएको छ ।
पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिनेछ ।
चलचित्र अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारी सक्रियतामा प्रिमियर हुन लागेका हो ।
शोभित बस्नेत निर्देशित फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ। फिल्मको विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी देखिनेछन् ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेको चलचित्रको छायाङ्कन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन् भने सम्पादन बन्दे प्रसादको रहेको छ ।
चलचित्रमा नृत्य रामजी लामिछाने, सङ्गीत मानस राज र भीम बीसीको समेटिएको छ । विदेशमा रहेका नेपाली विद्यार्थीहरूको सङ्घर्ष र नेपालमा रहेका परिवारजनको पीडा मुख्य विषयवस्तु बनाइएको चलचित्रको सार्वजनिक मिति तय हुन भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण