सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नीताको फिल्म ‘सुख दुःख’ मा मिथिलाको इन्ट्री

सोमबार, १२ साउन २०८२, १३ : २०
सोमबार, १२ साउन २०८२

सारांश

  • अभिनेत्री नीता ढुङ्गानाले निर्देशन गर्ने फिल्म 'सुख दुःख' मा मिथिला शर्मा अनुबन्धित भएकी छन्।
  • फिल्ममा चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपी हुने भएका छन्।
  • यो फिल्म आगामी वर्ष दसैँको फूलपातीमा प्रदर्शन हुने र वितरणको जिम्मा एफडी र रिच इन्टरटेनमेन्टलाई दिइएको छ।

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ मा अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् । उनलाई निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्धित गरेकी हुन् ।

सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित रहेको नीताले बताइन् । दिग्गज कलाकार आफ्नो फिल्ममा रहनु आफ्ना लागि सौभाग्य भएको उनको भनाई छ । फिल्मका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका छन् । फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन ।

नीताले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शङ्कर पाण्डेलाई दिइएको छ ।

‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ । फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप