बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

हाम्रो इतिहास मेटाउन एउटा वर्ग षड्यन्त्रमा लागेको छ : अध्यक्ष प्रचण्ड

मङ्गलबार, १३ साउन २०८२, १० : २९
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • प्रचण्डले माओवादीको इतिहास मेटाउन खोज्ने वर्ग सक्रिय रहेको बताए।
  • उनले पार्टीको समाजकल्याण विभागको कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राखे।
  • माओवादीले गरेका राम्रा कामलाई स्थापित गर्न नदिने षडयन्त्र भइरहेको प्रचण्डको भनाइ छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिरहेको बताएका छन् । 

मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेको बताएका हुन् । 

‘हाम्रो इतिहास मेटाउन, हामीले गरेको कर्मले नेपाली इतिहासमा ल्याएको परिवर्तन महत्त्व र औचित्य सिद्ध्याउन निकै ठुलो षडयन्त्रमा छन्’, प्रचण्डले भने, ‘मलाई लाग्छ तपाईँहरूले यो पक्षमा पनि ध्यान दिनुभएकै होला ।’

माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरूले नदिने गरिरहेको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए। माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्ने उनको भनाई छ।

उनले भने, “जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप