सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले प्रस्तुति दिने

मङ्गलबार, १३ साउन २०८२, २० : २२
मङ्गलबार, १३ साउन २०८२

काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा नेपाली साङ्गीतिक कार्यक्रम हुने भएको छ । तीजको अवसर पारेर आगामी भदौ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा आयोजना हुने कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुति दिने भएका हुन् ।

विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले बताए । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय–समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनको भनाई रहेको छ ।

‘घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्वको भावना जगाउन सक्छ । यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्व हुन आउँछ’ श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप