मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
बुधबार, १४ साउन २०८२, १० : ४७
सारांश
- देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा राप्ती गाउँपालिकाका २२ वर्षीय युवकको मृत्यु भएको छ।
- लमही नगरपालिका-२ सोनपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
- घाइते भएका युवकको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।
दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी चक्रबहादुर शाहले घाइते चौधरीलाई लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण