सदनमा जारी आन्दोलनलाई रास्वपाले सडकसम्म लैजाने
सारांश
- रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ।
- रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार र बेथिति मौलाएको निष्कर्ष निकाल्दै सदन र सडकबाट आन्दोलन गर्ने निर्णय गर्यो।
- बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकार तोडेको भन्दै आवाज उठाउन निर्देशन दियो।
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।
रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय भएको छ ।’
यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताए ।
बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखा परेका अप्ठेरा लगायतका विषयलाई सदनमा लैजाने निर्णय गरेको छ । त्यस्तै, प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण