शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबिच रणनीतिक साझेदारीका लागि सम्झौता

आइतबार, १८ साउन २०८२, १५ : ४६
आइतबार, १८ साउन २०८२

काठमाडौँ । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेजबिच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । 

श्रीलङ्काका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितिमा सम्झौतापत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एस एल सी एस एम आईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर भएको छ । 

दुई संस्थाबिच साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, दुई देशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङ्काको निजी क्षेत्रबिच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठी जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो । 

यस्तै दुवै देशका चेम्बर प्रतिनिधीहरुबिच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ । 

साना तथा मझौला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरूको एक अर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एस एल सी एस एम आईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ । 

दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।  

खासगरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्नका लागि दुई देशका चेम्बरबिच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप