सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अदालत

संवैधानिक इजलासमा गोला प्रक्रियाबाट न्यायाधीश छनौट गर्न सर्वोच्च बारको माग

आइतबार, १८ साउन २०८२, १८ : ३७
आइतबार, १८ साउन २०८२

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुबीच गोला प्रक्रियाको विषयमा बहस चलिरहेका बेला सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई एक ज्ञापनपत्र पठाएर गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो ।

केही दिनअघि प्रधानन्यायाधीश राउतले गोला प्रक्रियामा  जानुपर्ने राय राख्दा वरिष्ठतम न्यायाधीशहरूले अहिलेकै व्यवस्था यथावत् हुनुपर्ने माग गरेका थिए ।

नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्‍को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने व्यवस्था छ ।

पछि सर्वोच्च अदालतकै व्याख्या अनुसार ४ भन्दा बढी न्यायाधीशहरूको सूची (रोस्टर) बनाई तीमध्येबाट प्रधानन्यायाधीशले ४ जना न्यायाधीश तोक्ने अभ्यास हुँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप