बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
अवहेलित जनावरहरूको उद्धारमा समर्पित काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर

अवहेलित जनावरहरूको उद्धारमा समर्पित काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर

सोमबार, १९ साउन २०८२
  • ममुन केसी/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ।  काठमाडौँका गल्ली र सडकहरूमा भेटिने घाइते कुकुर, बिरामी बिरालो वा एक्लै टुलुटुलु हेरेर बसिरहेका जनावरहरूको पीडा धेरैले नजरअन्दाज गर्छन्। 

Kat center_NPL_1

तर, यिनै अवहेलित प्राणीहरूको उपचार, उद्धार र पुनर्स्थापनामा समर्पित एक संस्था काठमाडौँमा निरन्तर क्रियाशील छ – काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर नेपाल (क्याट सेन्टर नेपाल)।

Kat center_NPL_2

बूढानीलकण्ठस्थित यो संस्था सन् २००४ मा बेलायती कलाकार जान साल्टरद्वारा स्थापना गरिएको थियो। काठमाडौँका सडकमा जनावरलाई विष हालेर मारिँदै गरेको दृश्यले उनको मन छोयो। उनले भारतको एचआईएस संस्थासँग सहकार्य गर्दै, बन्ध्याकरणलाई समाधानको रूपमा अघि सारेर यो संस्था स्थापना गरे। सुरुवाती चरणमा संस्थाको अध्यक्षता हरिवंश आचार्यले गरेका थिए।

Kat center_NPL_3

क्याट सेन्टरले आजसम्म हजारौँ सडक कुकुर र बिरालाहरूको उद्धार, उपचार, बन्ध्याकरण र रेबिज खोप कार्यक्रम सञ्चालन गरिसकेको छ। हाल संस्था पशु चिकित्सक डा. विदुर पियाको व्यवस्थापनमा सञ्चालित छ। ‘काठमाडौँमा करिब ३० हजार कुकुर छन्, तर हामीसँग जम्मा ३५ वटा केनल छन्। दैनिक १०–१२ वटा उद्धारका अनुरोध आउँछन्, तर स्रोत सीमित भएकाले दुई–तीनवटा मात्र लिन सकिन्छ,’ डा. पियाले बताउँछन्।

Kat center_NPL_4

१० सदस्यीय टिमद्वारा सञ्चालित यस संस्थामा दुई डाक्टर, एक प्राविधिक, सञ्चार, लेखा, केनल स्टाफ, ड्राइभर र नाइट गार्डसमेत छन्। बिहान केनल सफा गर्ने कार्यदेखि जनावरलाई मासुभात खुवाउने, स्वास्थ्य परीक्षण गर्ने काम नियमित रूपमा भइरहेको हुन्छ।

Kat center_NPL_5

डा. पियाका अनुसार, ‘कुकुरहरू दिनभर केनलमै बस्दा मानसिक तनावमा जान सक्छन्। कसैले ३० मिनेट मात्र खेलाइदिए वा हिँड्न लैजाँदा उनीहरू निकै खुसी हुन्छन्।’ 

Kat center_NPL_6

सडकमा भेटिने जनावरहरू प्रायः सडक दुर्घटना, छाला समस्या, डसाइ वा यौनमार्फत सर्ने ट्युमर लिएर आउँछन्। सेन्टरले यस्ता केसहरूको लागि छुट्टै केनल र केमोथेरापी उपचार समेत प्रदान गर्छ। सबै जनावरलाई रेबिजको खोप दिइन्छ, जसले मानिसहरूमा फैलन सक्ने रोगलाई नियन्त्रण गर्न मद्दत गर्छ।

Kat center_NPL_7

संस्था पूर्ण रूपमा दानमा आधारित छ। राष्ट्रिय दाताहरूबाट चामल, मासु, बिस्कुटजस्ता खाद्य सामग्री आउँछन् भने आर्थिक सहयोग अन्तर्राष्ट्रिय दाताहरू, पर्यटकहरू र सामाजिक सञ्जालमार्फत प्राप्त हुन्छ। टोखा र बुढानीलकण्ठ नगरपालिकासँग सहकार्य भइरहेको भए पनि काठमाडौँ महानगरपालिकाको सहयोग न्यून मात्रामा सीमित छ।

Kat center_NPL_8

हाल संस्था गम्भीर आर्थिक सङ्कटमा छ। कुकुरहरूको खाना, औषधि, उपचार, उद्धार र पुनर्स्थापनाका लागि थप सहयोग अपरिहार्य भइसकेको छ। ‘यदि हामी आज सानो सहयोग गर्छौँ भने, ती आवाजविहीन जीवहरूको भोलि उज्यालो हुनेछ,’ डा. पियाको अपिल छ।

Kat center_NPL_9Kat center_NPL_10Kat center_NPL_11Kat center_NPL_12Kat center_NPL_13Kat center_NPL_14Kat center_NPL_15Kat center_NPL_16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया