होटलमा बिर्सिएको १ लाख ६ हजार नगदसहितको झोला फिर्ता
मङ्गलबार, २० साउन २०८२, ०९ : ३६
सारांश
- रौतहटको एक होटलमा एक व्यक्तिको नगद र महत्त्वपूर्ण कागजातसहितको झोला छुटेको थियो।
- होटल सञ्चालकले उक्त झोला फेला पारी, प्रहरीको रोहवरमा साहुजीलाई फिर्ता गरे।
- झोलामा रु १ लाख, ६ हजार नगद र अन्य महत्त्वपूर्ण कागजातहरू थिए।
रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयनमा खाना खाने क्रममा बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्।
जनकपुर निवासी बलराम साहुजी आइतबार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो ब्याग त्यहीँ छोडेका थिए। ब्यागमा रु १ लाख, ६ हजार नगदसहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए।
होटल सञ्चालक सुरेन्द्र साह अनुसार झोला फेला परेको जानकारीपछि साहुजीलाई सम्पर्क गरेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीको रोहवरमा झोला जिम्मा लगाइएको हो।
चन्द्रपुर इलाका प्रहरी कार्यालयको निगरानीमा झोला बुझाइएकाले घटना पारदर्शी र सुरक्षित तरिकाले टुङ्गिएको छ। प्रहरीका अनुसार झोलाभित्र भएका सबै सामग्रीहरू फिर्ता गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण