‘सोलर र ब्याट्रीले डिमान्ड पूरा गर्न सक्छ भने विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी छैन’
सारांश
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका अनुसार सोलार र ब्याट्रीले विद्युतको माग धान्न सके हाइड्रोको पछाडि लाग्न नपर्ने हुन्छ।
- सिंचाइ हुने ठाउँमा चोरी समस्या कम गर्न सोलार र पम्प जडान गरी मिटर राख्नुपर्ने र पालिकाले बक्यौता नतिर्ने समस्या समाधान गर्नुपर्ने कुरा शाक्यले बताए।
- प्राधिकरणले अब पालिकालाई सोलार बत्ती जडान गर्न र त्यसबाट उत्पादित बिजुली खरिद गर्ने योजना बनाएको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत् आवश्यकता पूरा गर्न सके विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार राति र दिउँसोको बिजुलीको डिमान्ड सोलर ब्याट्रीले धान्न सक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ ।
अहिले उद्योगहरूमा विद्युत्को खपत त्यति नरहेको शाक्यले बताए । सोलर, ब्याट्रीले साँझ, बिहानको विद्युत्को आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको भनाइ छ । यो ठुला जलविद्युतका हकमा रहेको उनले बताए ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले सिँचाइ हुने ठाउँहरूमा चोरीको समस्या देखिएको बताए । उनका अनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ ।
त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएको छ । तराई, पहाडतिर सिँचाइमा सोलर जोडिनुपर्ने उनको भनाई छ ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमान्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमान्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत् खपत छैन ।’
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत् प्राधिकरणले बत्ती राख्दिने गरेता पनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत् बक्यौता नतिर्ने गरेको बताए । उनकाअनुसार बजेटमा नगरहरूले बक्यौता व्यवस्था गर्ने गरेका छैनन् ।
अब पालिकाहरूले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताए । प्रसारण लाइका नजिक सोलर राख्ने र प्रसारण लाइनभित्र परेका जग्गाहरूको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उनले पाइलट प्रोजेक्टका रूपमा खिम्तीमा सुरु भइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण