शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हार्दिक आईभीएफको निःशुल्क आईयूआई क्याम्प भदौ १५ सम्म सञ्चालन हुने

बुधबार, २१ साउन २०८२, ११ : २१
बुधबार, २१ साउन २०८२

काठमाडौं । सिनामंगलमा रहेको हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले सञ्चालनमा ल्याएको निःशुल्क आईयूआई क्याम्पको अवधि भदौ १५ गतेसम्मका लागि विस्तार गरिएको छ।

हालसम्म उक्त क्याम्पमा ३०० भन्दा बढी दम्पतीले सेवा लिइसकेको सेन्टरले जनाएको छ। संस्थाका अनुसार क्याम्पले थुप्रै परिवारमा नयाँ आशा र खुसी ल्याउन सफल भएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्दै आएको हार्दिक आईभीएफ आईएसओ प्रमाणित संस्था हो। संस्थामा तीनजना अनुभवी प्रजनन विशेषज्ञ चिकित्सक कार्यरत छन् । जसमा डा. अर्चना शाक्य,डा. निसुमा सेढाईं र डा. स्वेता ढकाल छन् ।

  डा. अर्चना शाक्यले प्रजनन विशेषज्ञका रुपमा जटिल केसहरूमा उत्कृष्ट सफलता हासिल गरेकी छिन्। दम्पतीहरूसँग आत्मीय व्यवहार गर्ने कुरामा पनि उनी विशेष रूपमा चिनिन्छिन्।

यसैगरी डा. निसुमा सेढाईंले अनुभवी र समर्पित चिकित्सक, सहानुभूति र विश्वासका साथ उपचारमा जोड दिने चिकित्सकका रूपमा पहिचान बनाएकी छन्। यसैगरी डा. स्वेता ढकाल मेहनती र आधुनिक प्रविधिमा दख्खल राख्ने चिकित्सक हुन्, जसले थुप्रै दम्पतीलाई सन्तान प्राप्तिमा सफलतापूर्वक सहयोग गरेकी छन्।

क्याम्पमार्फत परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिँदै आएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप