बहुविवाहको प्रस्तावित मस्यौदाको विपक्षमा उभियो गण्डकी कांग्रेस, महिला विभागले पठायो ध्यानाकर्षण
पोखरा । सङ्घ सरकारले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रावधानसहितको प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पोखरामा आयोजित महिलाहरूको विशेष भेलापछि विभागले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र पठाएको हो ।
पत्रमा महिलाहरूको आत्मसम्मानमा ठेस पुर्याउने र उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्ने अभिप्रायले सरकारले यस्तो कानुन ल्याउन लागेको आरोप लगाइएको छ । प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन सरकारलाई चेतावनीसमेत दिएको छ ।
नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त कानुनको मस्यौदा तयार गरेको हो । कांग्रेस गण्डकीकी उपसभापति कल्पना तिवारीले महिला नै कांग्रेस सङ्गठनको मूल आधार भएकोले यस्ता विधेयकका मस्यौदामा सचेततापूर्वक कदम चाल्नुपर्ने बताइन् ।
ध्यानाकर्षण पत्र बुझ्दै सभापति शर्माले ज्ञापन पत्रमा उल्लिखित विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने बताए । ‘संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष बनाएका हुन्,’ उनले भने, ‘शरीर महिला हो भने पुरुष आत्मा हो । कसैले विभेद गर्न मिल्दैन ।’
प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले सरकारले ल्याउन लागेको विधेयकको कडा विरोध गरेकी छिन् ।
प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विगतमा मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाहलाई पूर्ण रूपमा निषेध गरेको तर अहिले बल्झाउन खोजिएको बहस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण