वीरेन्द्रनगरमा १३ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी
बिहीबार, २२ साउन २०८२, १३ : २५
सारांश
- सुर्खेतको वीरेन्द्रनगर-४ मा एक घरमा चोरी भएको छ।
- चोरीमा ५५ वर्षीय भरत शाहीको घरबाट सुनका गरगहना र नगद चोरी भएको छ।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ र अनुसन्धान जारी छ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा बुधबार दिउँसो चोरी भएको छ । खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरमा चोरी भएको हो ।
प्रहरीका अनुसारसुनका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब १३ लाख ६१ हजार ७ सय ८६ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण