तिमी छोरी भएर हेर
आउ एकैछिन भए पनि स्वतन्त्रताको कुरा गरौँ
उज्यालाका कुरा गरौँ
न्यायका कुरा गरौँ
समानताका कुरा गरौँ
कति चिसिएका आकाश ओढेर रात बिताउँछौ ?
कति खुनी पञ्जाबाट बुटको प्रहार सहन्छौ ?
मुस्कान त तिम्रो पनि थियो होला अधरमा
खुसी त तिम्रो पनि थियो होला ओठमा
अफसोस ! त्यसको महसुस कहिले गर्न पाएनौ,
कति प्रेमहरू समाज परिवारको बन्धनमा पर्छौ ?
आउ एकैछिन भए पनि स्वतन्त्रताको कुरा गरौँ
आउ एकैछिन भए पनि सपनाका गरौँ
रमाइला कुरा गरौँ,
आलिङ्गनका कुरा गरौँ
प्रेमका कुरा गरौँ ।
यस्तै–यस्तै वाचा गर्दै
सुटुक्क एउटा पुरुष मेरा कोठामा आउँछ
र भन्न थाल्छ—
आऊ प्रिय, मेरो आलिङ्गनमा
जहाँ तिमी र म खुलेर प्रेम गर्न सकौँ ।
प्रेम त मैले तिमीसँग सम्बन्ध जोडेका बेला टुटाइसकेकी छु
जहाँ तिम्रो र मेरो अस्तित्वको सिमाना नै मेटिसकेको छ
सूर्योदयको किरणले जगाएको मेरो संसारलाई
तिम्रा आगमनले निमोठिदिएको छ
कतै हिंसा, कतै बलात्कार
निर्ममतापूर्वक तिमीले कुटेका नीलडामहरू अझै ताजा छन्
तिमी प्रेमका कुरा गर्छौ
मुस्कान त मेरो पनि थियो अधरमा
सपना त मेरो पनि थियो आँखामा
अफसोस ! त्यसको अनुभव कहिले गर्न दिएनौ
आफ्नो वेदना चुपचाप सहिरहेँ
आक्रोश त नारीको भावनामा पनि मौलाउन सक्छ,
चेतना त विचारमा पनि फक्रन सक्छ,
सिङ्गो जीवनभर चिसिएको मेरो मनस्थितिलाई कुटिल स्वार्थले होइन
प्रेरणादायी भावनाले झकझकाउन सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण