वीरगञ्जको घण्टाघर नजिकै भेटियो पुरुषको शव
वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
घण्टाघरको पूर्वतर्फ टाँगा पार्किङ गर्ने स्थानबाट करिब एक सय मिटर दूरी पूर्वको गल्लीमा कुटपिट गरि हत्या गरेर फालिएको अवस्थामा वीरगन्ज ८ गहवामा बस्ने पशुपति वैण्ड बाजाका सञ्चालक अन्दाजी ५० बर्षीय भिखारी रामको शव फेला परेको हो ।
सोमबार बिहान वेवारिसे अवस्थामा भेटिएको भिखारी रामको शव उनका छोराले पहिचान गरेको पर्सा प्रहरीले बताएको छ ।
सेतो शट र पाईन्ट तथा रातो कलरको गाम्छासहित फेला परेको भिखारीको टाउको क्षतविक्षत भएको छ ।
शव भेटिएको स्थान अगाडि रहेको राजकिशोर गुप्ताको घरमा सिसिटिभी क्यामेरा समेत रहेको र उक्त सिसिटिभी क्यामेरा चालू हालतमा भए घटनाको अनुसन्धानमा सहजता हुने प्रहरीले जनाएको छ ।
वीरगञ्जको अत्यन्त व्यस्त चोक र २४ घण्टा सुरक्षा निगरानीमा रहने स्थानमा हत्या हुनुले वीरगञ्जमा सुरक्षा चिन्ता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण