निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भव : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताएका छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकारात्मक रूपमा लैजानुपर्ने बताएका हुन् ।
हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाई छ । जनताको धारणा निजी क्षेत्रप्रति सकारात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उनले बताए ।
उनले भने,‘जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकारात्मक हिसाबले जबसम्म आम मानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरूको धारणा बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरू, पूर्वाधार बढाउने कुराहरू असम्भव छ ।’
उनले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताए । तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रतिष्ठान खोल्यो भने त्यहाँबाट तत्काल धेरैलाई रोजगार दिन सक्ने बताए । उनले निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिए ।
उनले भने, ‘सरकारले रोजगार सिर्जना गर्ने कुरा धेरै गाह्रो छ तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रतिष्ठान, व्यवसायीक गतिविधि गर्यो भने त्यसले हजारौँ जनालाई तुरुन्तै रोजगार दिन सक्ने, रेभिन्यु दिन सक्ने अवस्था छ । त्यसकारण निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’
सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उनको भनाई छ । सरकारले केही कानुनहरूलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण