आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

सोमबार, २६ साउन २०८२, १६ : ०७
सोमबार, २६ साउन २०८२

सारांश

  • महोत्तरीको बलवा नगरपालिकामा खोलाले बगाउँदा एक युवकको मृत्यु भयो।
  • मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-३ का चन्दनकुमार ठाकुर रहेका छन्।
  • पडौल बजारबाट डिजल लिएर फर्किने क्रममा खोलाले बगाएको थियो।

जलेश्वर । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०/३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए ।

बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप