शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रविलाई थुनामै राख्ने आदेश गरिएपछि निकिताले भनिन्– थाकेकी छैन, सरकारले गरेको अन्यायविरूद्ध निरन्तर लड्छु

सोमबार, २६ साउन २०८२, २० : ०१
सोमबार, २६ साउन २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले आफू नथाकेको भन्दै श्रीमानले न्याय नपाएसम्म निरन्तर लडिरहने बताएकी छन् । 

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । तर अदालतले लामिछानेको माग बमोजिम आदेश भने गरेन । अर्थात् लामिछानेलाई थुनामै पठाउने आदेश गरिएको छ । रुपन्देही जिल्ला अदालतले सोमबार रवि लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै ‘माग बमोजिम नहुने’ आदेश गरेको हो । 

जिल्ला न्यायाधीश नारायण प्रसाद सापकोटाको इजलासले रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

अदालतको आदेशपछि लामिछाने पत्नी निकिताले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संविधानले दिएको हरेक अधिकारमा टेकेर लडिरहने बताएकी हुन् । सरकारले साँधेको प्रतिशोध र गरेको अन्यायविरूद्ध निरन्तर लडिरहने उनले बताएकी छन् । 

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप