पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा भरत खत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नुभएको छ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा खत्रीलाई उपकुलपति नियुक्त गरिएको हो, र प्रतिष्ठान ३ महिनादेखि नेतृत्वविहीन थियो।
- उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए, जसमध्ये ६ जनाको सर्टलिष्टबाट खत्री नियुक्त हुनुभयो।
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् । लामो समयको अलमलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई उपकुलपति नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । प्रतिष्ठान ३ महिनादेखि नेतृत्वविहीन थियो । उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जनाको सर्टलिष्ट बनाएर उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले सरकारलाई सिफारिस गरेको थियो ।
अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल, भरतबहादुर खत्री र माया लामाको नाम सिफारिस भएको थियो । उपकुलपति नियुक्त भएका खत्री यसअघि निर्देशक थिए ।
यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रुपमा सञ्चालित अस्पताल २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको कार्यक्रम कार्यान्वयन गरेको छ । अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण