टप एण्ड टी–ट्वान्टी क्रिकेट : नेपालले १० ओभरमा गुमायो चार विकेट
शुक्रबार, ३० साउन २०८२, १६ : ५८
काठमाडौँ । टप एण्ड टी–ट्वान्टी क्रिकेटमा नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरमा ४ विकेट गुमाएको छ ।
नेपालले १० ओभरमा ४ विकेट गुमाउँदै मात्र ६० रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले ११ रन बनाएर आउट भएका थिए ।
त्यस्तै लोकेश बम रन नबनाएर पेभेलियन फर्किए । नेपालका कप्तान रोहित पौडेल २३ रन बनाउँदै आउट भए । नेपालका लागि अहिले क्रिजमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण