समाचार
रवि लामिछाने रुपन्देही कारागारबाट काठमाडौँ सरुवा, ढिला गरी विमान उड्यो
शनिबार, ३१ साउन २०८२, १६ : ५२
बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ लगिएको छ।
लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ। उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्याइएको थियो।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण