गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
सारांश
- काठमाडौँको गोङ्गबुस्थित गेस्ट हाउसमा पत्नीको हत्या आरोपमा एक युवक पर्साबाट पक्राउ परेका छन्।
- काभ्रेका सन्तोष सेन्चुरीले साउन २७ गते कञ्चन कोशी होटलमा पत्नी ललिता विकको हत्या गरेका थिए।
- हत्यापछि फरार भएका सेन्चुरीले प्रहरीमा पत्नी हराएको भन्दै निवेदन दिएका थिए, तर पछि पक्राउ परे।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भगेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ । सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।
बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई ‘घुम्न जाऊँ’ भनेर गेस्ट हाउसमा लगेर हत्या गरेपछि बक्स पलङमुनि लुकाएर हिँडेका थिए । घटना लुकाउन उनले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको हुलिया निवेदन’ दिएका थिए ।
तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका हुन् । उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइँदै गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण