शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

गायिका एलिना चौहानलाई स्टेजमै डलरको वर्षा

सोमबार, ०२ भदौ २०८२, १५ : ३४
सोमबार, ०२ भदौ २०८२

काठमाडौँ । गायिका एलिना चौहान साङ्गीतिक प्रस्तुतिका लागि अमेरिका टुरमा छिन् । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमका लागि उनी केही दिनअघि अमेरिका पुगेकी हुन् । कार्यक्रमको पहिलो प्रस्तुति उनले न्यूयोर्कमा दिएकी छन् ।

कार्यक्रममा उनलाई दर्शकहरूले डलरको वर्षा गरेका छन् । एलिनाको न्यूयोर्क कार्यक्रमको सामाजिक सञ्जालमा एउटा भिडियो पनि सार्वजनिक भएको छ । 

जसमा प्रस्तुति दिँदै गर्दा एलिनाको कानभरि डलर छ । स्टेजमा पनि दर्शकले डलर उडाएको देख्न सकिन्छ ।

‘अब हाँस्छ अमेरिका’ कार्यक्रममा गायक बद्री पगेनी र प्रताप दास तथा गायिका कला लम्सालले पनि प्रस्तुति दिएका थिए l

उनीहरुको अर्को कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा आयोजना हुनेछ l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप