शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रवि लामिछाने अस्वस्थ, स्वास्थ्य परीक्षणका लागि डाक्टरहरू पुगे नख्खु जेल

सोमबार, ०२ भदौ २०८२, १७ : १६
सोमबार, ०२ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएका छन्।
  • उनलाई ललितपुरस्थित नख्खु जेलमा सारिएपछि रगत जाँचका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर गएका थिए।
  • कार्यवाहक सभापति डोरप्रसाद अर्यालका अनुसार लामिछाने लामो समय अँध्यारो कोठामा बस्नुपरेकाले समस्या आएको हुनसक्छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ देखिएका छन् । भर्खर मात्र ललितपुरस्थित नख्खु जेलमा सारिएका लामिछाने अस्वस्थ भएपछि रगत जाँच गर्नका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर गएका छन् ।

उनको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिए । 

‘म उहाँले भेट्न गएको थिएँ । उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा सेन्टरबाट डक्टरहरू लिएर ब्लड परीक्षण गरिएको छ । रिपोर्ट आएको छैन । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्छ । परीक्षणको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुन्छ’, रातोपाटीसँग अर्यालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप