नेदरल्याण्ड्सकी रोमी भिनस्ट्राले मधेस युनाईटेडबाट खेल्ने
सारांश
- मधेस युनाइटेडले वत्सालय एभरेष्ट महिला भलिबल लिगका लागि नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्ध गरेको छ।
- भिनस्ट्रा नेदरल्याण्ड्सकी आउट साइड हिटर हुन् र उनले सुडोसा-डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी छिन्।
- भिनस्ट्राले मधेस युनाइटेडबाट खेल्न उत्साहित रहेको र नेपालमा आएर खेल्न लागेको बताएकी छिन्।
काठमाडौँ । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेस युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ । मधेसले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रूपमा टिममा भित्राएको हो ।
नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन् । तीमध्ये एक नाम रोमी भिनस्ट्रा को पनि रहेको छ । भिनस्ट्राले आफ्नो उत्कृष्ट खेलकौशल र प्रतिबद्धताले छोटै उमेरमै सफलता प्राप्त गरेकी छिन् ।
१८८ से.मी.अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन् । उनी सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् । सन् २०२४ मा उनले सुडोसा–डेस्टोका लागि नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भएकी थिइन् ।
मधेस युनाईटेडले उनलाई टिममा अनुबन्ध गर्न पाउँदा धेरै खुशी भएको बताएको छ । भिनस्ट्राको आगमनले हाम्रो टोलि अझ शसक्त हुने मधेसले विश्वास लिएको छ ।
भिनस्ट्राले मधेस युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेस युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उनले नेपालको नाम धेरै सुनेको र नेपालमा आएर खेल्न उनि धेरै उत्साहित रहेको बताएकी छन् ।
हाम्रो टिम ः निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण