युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताएका छन् ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘युवा बेरोजगार संख्या बढ्दो छ । बेरोजगारकै कारण युवा लागुऔषध दुव्र्यसनीमा फस्दा सरकारलाई झनै ठूलो चुनौती थपिएको छ ।’
सम्पूर्ण युवाको तथ्याङ्क संकलन गरी उनीहरुको सीप तथा क्षमताका आधारमा काम दिने प्रदेश सरकारले नीति ल्याएको उनले बताए ।
‘कर्णाली प्रदेशका युवाको श्रम सीपलाई उत्पादनसँग जोड्न १० वटै जिल्लामा युवाका लागि तालीम केन्द्र खोल्ने र उनीहरुको रुचीअनुसारको सीप दिएर तन्दुरुस्त र दख्खल बनाउँछौँ’, उनले भने ।
लागुऔषध दुव्र्यसनीमा फसेका युवाको जीवन रुपान्तरणका लागि सुधार गृह स्थापना गर्ने योजना रहेको उनको भनाइ थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विश्वमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह अवस्थामा रहेको औँल्याए । समाजमा दुस्परिणाम ल्याउने लागुऔषधको कारोवार र अवैध ओसारपसार रोक्न यसलाई कर्णाली प्रदेश सरकारले कार्यसूचीको अग्रभागमा राख्ने कानूनमन्त्री भण्डारीले प्रतिबद्धता गरे ।
धेरै युवा कुलतमा फसेर पतनको दिशातर्फ उद्धत भएको टिप्पणी गर्दै उनले दुव्र्यसनीमा फसेकाहरुका लागि अनुकूल वातावरण बनाउने तयारीमा सरकार रहेको बताए ।
पूर्व लागुऔषध प्रयोगकर्ता तथा भैरव सशक्तीकरण केन्द्र सुर्खेतका अध्यक्ष ललित भट्टराईले उनीहरुप्रति सकारात्मक दृष्टिकोण र सद्व्यवहार गर्न सके परिवर्तन आउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण