रास्वपाद्वारा उपसभामुख रानामाथि भएको आक्रमणको विरोध
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ।
- रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखमाथि भएको आक्रमणको विरोध गर्दै घटनाको भर्त्सना गरे।
- परियारले बालुवाटार र सिंहदरबारमा भएको घटनाले सदनलाई चोट पुर्याएको र लोकतन्त्रका लागि खतरा रहेको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।
‘बारम्बार बालुवाटारका बैठकहरूमा, बुढानीलकण्ठका बैठकहरूमा र सिंहदरबारका बैठकहरूमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको उपसभामुखमाथि जुन आक्रमण भएको छ, यसको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्न चाहन्छ,’ प्रमुख सचेतक परियारले भने ।
उनले सार्वभौम संसद्का सदस्यहरूले विवेचना गर्न पनि अनुरोध गरे । मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्याएको उनले बताए ।
‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण