आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिको खाँबो आफूले छाडे गर्ल्यामगुर्लुम भत्किहाल्छ कि भन्ने लाग्छ : प्रचण्ड

बुधबार, ०४ भदौ २०८२, १६ : ४७
बुधबार, ०४ भदौ २०८२

सारांश

  • प्रचण्डले देशको राजनीतिको खाँबो आफूले छाडे भत्किन्छ कि भन्ने चिन्ता व्यक्त गरे।
  • उनले आफू सरकारमा नभए पनि देशको राजनीतिको जिम्मेवारी महसुस गरेको बताए।
  • प्रचण्डले साहित्य क्षेत्रलाई समय दिन नसकेको र प्रधानमन्त्री हुँदा साहित्यको लागि प्रयास गरेको बताए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिको खाँबो आफूले छाडे गर्ल्यामगुर्लुम भत्किहाल्छ कि जस्तो लाग्ने गरेको बताएका छन् । बुधबार साहित्यकार बाबा बस्नेतद्वारा लिखित रङ्गिन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कविता सङ्ग्रह) र आवाज (श्रव्य नाटक सङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । 

‘हुन त म अहिले सरकारको नेतृत्वमा पनि छैन, प्रमुख प्रतिपक्ष दलको नेता छु’, उनले भने, ‘तर यस्तो लाग्छ–देशको राजनीतिको खाँबो मैले छोड्दिएँ भने भत्किहाल्छ कि जस्तो पनि लाग्छ । गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्छ र पुरै जिम्मा मेरै काँधमा भएजस्तो ।’

उनले कहिलेकाही यस्तो त हुँदैन भन्ने पनि सोच्ने गरेको बताए ।  ‘सोच्छु यस्तो त हुँदैन जीवनमा । मान्छे त एउटा निश्चित अवधिसम्म गर्ने हो शाश्वत कुरा मरिन्छ र अर्कोले गाडी चलाउँछ । तर जिम्मेवारीबोध भन्ने यस्तो हुँदोरहेछ अन्तिम अवस्था नहुँदासम्म जिम्मेवारीले थिचिराख्ने’, प्रचण्डको भनाइ छ । 

उनले सोही कारण साहित्य क्षेत्रलाई समय दिन नसकेको पनि बताए । तर आफू प्रधानमन्त्री भएको बेला साहित्य र खेलकुद क्षेत्रका लागि सक्दो प्रयास गरेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप