आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा

शनिबार, ०७ भदौ २०८२, १८ : ५९
शनिबार, ०७ भदौ २०८२

सारांश

  • जसपा नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकको विरोध गर्ने घोषणा गरेको छ।
  • जसपाले विधेयक भूमाफिया र जग्गा दलालको हितमा हुने आरोप लगाउँदै विरोध जनाएको छ।
  • पार्टीले भदौ ९ देखि १५ गतेसम्म देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।

जसपाले उक्त विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने, वन–जंगल विनाश गरी तराई/मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको हो ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढेपछि जसपाको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान अन्तर्गत भाद्र ९ देखि १५ गतेसम्म देशभरका विभिन्न शहरहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव लालबाबु राउतले जारी विज्ञप्तिमार्फत आमजनसमुदायलाई उक्त विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् ।

WhatsApp Image 2025-08-23 at 16.16.55_11097f29

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप