हिमचुली डेरी उद्योग बन्द
कालिकोट– जिल्लामा पहिलोपटक सञ्चालनमा आएको हिमचुली डेरी उद्योग बन्द भएको छ ।
हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको उक्त डेरी उद्योग दूधको अभावमा बन्द भएको हो ।
संस्थाले २०६८ भदौमा सञ्चालनमा ल्याएको डेरी उद्योग जनशक्ति अभावका कारण २०७२ जेठमा पनि बन्द भएको थियो । कृषकले डेरीलाई भन्दा बजारमा बिक्री गर्न थालेपछि डेरीमा दूध अभाव भएको हो ।
दूध अभावका कारण डेरी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक मनिचन्द बराल बताउछन् । ‘पहिला दैनिक ३० लिटरसम्म दूध आउने गथ्र्यो,’ उनले भने, ‘चैत महिनायता दूधको मात्रा कम हुँदै गएकाले बन्द गर्नुपरेको हो ।’
सदरमुकाम आसपासका सिंयाला, बराँतु, गल्लीलगायतका ठाउँका कृषकले डेरीलाई दूध बिक्री गर्दै आएका थिए । डेरी उद्योग जिल्ला पशु सेवा कार्यालयको रु एक लाख अनुदान तथा युवा स्वरोजगार कार्यक्रमको रु नौ लाख लगानीमा सञ्चालनमा आएको हो ।
हिमचुली कृषि सहकारी संस्थाका लेखापाल जगेन्द्रप्रसाद आचार्यले सहकारी र स्थानीय कृषकको साझेदारीमा डेरा सञ्चालनमा जोड दिइने बताए । जिल्लामा सरकारी अनुदानमा डेरी सञ्चालन कागजमा मात्र सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण