एक दिवसीय सिरिजको अन्तिम खेल : अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई दियो ४३२ रनको लक्ष्य
आइतबार, ०८ भदौ २०८२, १३ : ५४
सारांश
- अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई जितका लागि ४३२ रनको लक्ष्य दियो, जसमा तीन खेलाडीले शतक बनाए।
- अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ४३१ रन बनायो ।
- ट्राभिष हेड, मिचल मार्स र क्यामरोन ग्रिनले अस्ट्रेलियाका लागि शतक प्रहार गरे।
काठमाडौँ । तीन खेलाडीले शतक प्रहार गर्दा अस्ट्रेलियाले मस्काेमा जारी एक दिवसीय सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई जितका लागि ४३२ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ४३१ रन बनायो । अस्ट्रेलियाका लागि ट्राभिष हेडले सर्वाधिक १४२ रनको शतकीय पारी खेले । उनले १०२ बल खेल्दै १७ चौका ५ छक्का प्रहार गरे ।
त्यस्तै मिचल मार्स १०० रनको शतकी पारी खेले । उनले १०६ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । क्यामरोन ग्रिनले करियरकै पहिलो शतक प्रहार गरे ।
उनले ५५ बलमा ६ चौका र ८ छक्का प्रहार गरे । अस्ट्रेलियाका लागि आलेक्स केरीले ५० रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका लागि केशव महाराज र मुथ्थुश्वामीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण