पर्यटन व्यवसायी महिला सङ्घको तीज मेला सुरु
पोखरा । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा मङ्गलबारदेखि पोखराको लेकसाइडमा तिज मेला सुरु भएको छ ।
तेस्रो संस्करणको मेला दुई दिनसम्म सञ्चालन हुनेछ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए ।
सहभागीहरूले सभ्य र अनुशासित रूपले तीज मनाउनुपर्नेमा जोड दिए । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् ।
तिज पर्वलाई महिला सशक्तीकरणसँग जोड्न महोत्सवको आयोजना गरिएको उनको भनाई छ । मङ्गलबारदेखि नै तिज गीत प्रतियोगिता पनि सुरु भएको महासचिव शोभा पौडेलले बताइन् । सबैजसो सहभागी समूहले पर्यटनसँग सम्बन्धित तीज गीत प्रस्तुत गरे ।
बुधबार पनि तिज गीत प्रतियोगिता सञ्चालन हुनेछ । तिज गीत प्रतियोगितामा पहिलो हुनेले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४/४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसबाहेक रस्साकस्सी, घैँटो फुटाउने, सारी दौड लगायत प्रतियोगिता बुधबार हुनेछ । यस्तै, महिला सशक्तीकरण सम्बन्धी दुई वटा ‘टक सो’ (संवाद कार्यक्रम) आयोजना गरिएको छ ।
परम्परागत भेषभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महोत्सवले सहयोग पुग्ने निवर्तमान अध्यक्ष कमला गिरी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण