महानगरअगाडि बालेनविरूद्ध नाराबाजी, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले महानगर घेराउ गरेका थिए ।
कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग गरे ।
सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उनले बताए । कानुनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनले बताए ।
शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौँका सुकुम्बासीले पनि साथ दिएका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेको बताए ।
कबाड आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गरलगायतका नारा लगाएका छन् ।
कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कबाड व्यवसायी, सङ्कलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
त्यसैगरी, कबाड व्यवसायी, सङ्कलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कबाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
यसैबिच, आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौँ महानगरको विरुद्ध लगातार तीन दिनदेखि जारी कबाड आन्दोलनप्रति सरकार गम्भीर नहुनु दुःखद भएको बताएका छन् ।
_qIGIzs5GvA.jpg)
_INyPNIq8hs.jpg)
_PrqsvbMGaD.jpg)
_40fYc7I2bK.jpg)
_piwaXqYb7M.jpg)
_YmxHtBgFog.jpg)
_pDhQWUzcOh.jpg)
_j2iiYFPGfK.jpg)
_UeuO3FFS4P.jpg)
_AarWOzfjvl.jpg)
_LqKJoHch9j.jpg)
_8dqxkqlJK5.jpg)
_iuoytYEBWP.jpg)
_7hI1EtYvhe.jpg)
_VXt9pwEnF9.jpg)
_GaTawFHJ1W.jpg)
_16dKhWt1h9.jpg)
_9D6a5GMqsU.jpg)
_A4JNyynWK2.jpg)
_9EE7jZEwa4.jpg)
_26ETmiZcVk.jpg)
_wNsOl4A7Rl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण