अनलाइन जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेस गर्न सरकारका नाममा आदेश
बुधबार, ११ भदौ २०८२, १८ : २४
काठमाडौँ । सर्वोच्च अदालतले अनलाइनबाट हुने जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले निर्बाध रूपमा अनलाइन बेटिङ सञ्चालन हुनुको कारण पेस गर्न सरकारका नाममा आदेश दिएको हो ।
कानुनका विद्यार्थीहरू सुवासप्रसाद साह, निशा यादव र आरतीकुमारी यादवले दायर रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सो आदेश जारी गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण