गोरखामा पोखरीमा डुबेर एक जनाको मृत्यु
बुधबार, ११ भदौ २०८२, २१ : ५९
सारांश
- गोरखाको पालुङटार नगरपालिका-७ मा ५४ वर्षीय कालीबहादुर बरामको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको छ।
- बराम मंगलबार चिप्लिएर पोखरीमा खसेका थिए र उनको शव बुधबार फेला परेको हो।
- प्रहरीले घटनास्थलको मुचुल्का उठाई शव परीक्षणका लागि अस्पतालमा राखेको छ, घटनाको अनुसन्धान भइरहेको छ।
गोरखा । सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर यहाँको पालुङटार नगरपालिका–७ मा ५४ वर्षीय कालीबहादुर बरामको मृत्यु भएको छ । खत्रीटार पिप्लेखोल्सीस्थित कटहरेपाटामा पोखरीमा डुबेर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
मङ्गलबार बराम अचानक चिप्लिएर उक्त पोखरीमा खसेकोमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरीको टोलीले आजमात्र शव फेला पारेको उपरीक्षक सुवेदीले बताए ।
उक्त पोखरी सिँचाइ प्रयोजनका लागि बाँध लगाइ निर्माण गरिएको थियो । बरामको शव निकालेर घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण