शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

महाराष्ट्रको पालघरमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

बिहीबार, १२ भदौ २०८२, १२ : ०८
बिहीबार, १२ भदौ २०८२

सारांश

  • भारतको महाराष्ट्र राज्यको विरार क्षेत्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
  • भवनमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिएका थिए।
  • चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा भवन भत्किएको प्रत्यक्षदर्शीहरूले बताए।

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यस्थित पालघर जिल्लाको विरार क्षेत्रमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । 

गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएसँगै मृतकको सङ्ख्या १५ पुगेको अधिकारीहरूले बताएका छन् । करिब ५० फ्ल्याट भएको यो चार तले भवन ढलेको थियो । 

प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तलामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिए पालघर जिल्ला कलेक्टर डा. इन्दु रानी जाखरले पुष्टि गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप