बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

बिहीबार, १२ भदौ २०८२, १२ : १३
बिहीबार, १२ भदौ २०८२

सारांश

  • काठमाडौँ र ललितपुरमा बुधबार लाखौँको धनमाल चोरी भएको छ।
  • काठमाडौँमा एक व्यक्तिको कोठाबाट सुनका गहना र नगद सहित ९ लाख बढीको चोरी भएको छ।
  • ललितपुरमा एक पसलबाट २ लाख नगद चोरी भएको छ, प्रहरीले चोरको खोजी गरिरहेको छ।

काठमाडौँ । काठमाडौँ र ललितपुरमा बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रुपैयाँ समेत गरी करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । 

यसै गरी ललितपुरको ललितपुर महानगरपालिका-२५ खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट नगद २ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप